फिल्म असफल भएपछि आमिर खान अमेरिका जाँदै
आमिर खानले फिल्म ‘लाल सिंह चड्ढा’का लागि तीन वर्षसम्म काम गरे। यद्यपि फिल्मलाई लिएर दर्शकले राम्रो प्रतिक्रिया दिन सकेनन्। जसकारण फिल्मले बक्स अफिसमा कमाल देखाउन सकेन। फिल्म बक्सअफिसमा असफल भएपछि आमिर बिदा मनाउनका लागि अमेरिका जाने योजना बनाउँदैछन्।
आमिर नयाँ प्रोजेक्टलाई सुरु गर्नुअघि दुई महिनाका लागि अमेरिका जान लागेका हुन्। उनी ‘लाल सिंह चड्ढा’को व्यापार देखेर विक्षिप्त छन्। उनी अमेरिकामा केही समय बसेर त्यहाँ ‘लाल सिंह चड्ढा’को अन्तर्राष्ट्रिय प्रदर्शनका विषयमा छलफल गर्नेछन्।
आमिरको आगामी फिल्म स्पोर्टस ड्रामा जनराको हुनेछ। यो फिल्म सन् २०१८ मा रिलिज स्पेनिस फिल्म ‘च्याम्पियन’को अफिसियल रिमेक हुनेछ। ओरिजिनल स्पेनिस फिल्मको कथा कमेडी ड्रामामा आधारित छ। यसको निर्देशन ‘शुभ मंगल सावधान’ फेम्ड निर्देशक आर एस प्रसन्नाले गर्नेछन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment