पहिलो फिल्ममा कसको कति पारिश्रमिक ?

डिसी नेपाल
८ भदौ २०७९ ११:५९
460
Shares

काठमाडौँ। हालैको एक अन्तर्वार्तामा अभिनेत्री आलिया भट्टले आफूले पहिलो फिल्ममा १५ लाख पारिश्रमिक बुझेको बताएकी थिइन्। १९ वर्षको उमेरमा आलियाले फिल्म ‘स्टुडेण्ट अफ द इयर’बाट करियर सुरुवात गरेकी थिइन् । उनले खर्च गर्नुको सट्टा आफ्नो पहिलो कमाई आमालाई दिएकी थिइन् ।

आलिया जस्तै बलिउडमा यस्ता धेरै सेलिब्रेटी छन्, जो आज फिल्मका लागि करोडौं पारिश्रमिक बुझ्छन्। तर, तपाईंहरुलाई थाहा छ, उनीहरुले आफ्नो पहिलो फिल्मका लागि कति पारिश्रमिक लिएका थिए ?

सलमान खान
सलमान खानले लिड एक्टरका रुपमा फिल्म ‘मैने प्यार किया’ बाट बलिउड डेब्यू गरेका थिए । यो फिल्मका लागि उनले ७५ हजार पारिश्रमिक लिएका थिए। उनले यसअघि फिल्म ‘बीबी हो तो ऐसी’ मा सहायक चरित्रमा अभिनय गरेका थिए। यो फिल्मका लागि उनले ११ हजार पारिश्रमिक लिएका थिए। भाग्यश्रीलाई यो फिल्ममा सलमानभन्दा बढी पारिश्रमिक दिइएको थियो।

शाहरुख खान
सन् १९९२ मा रिलिज फिल्म ‘दीवाना’बाट शाहरुखले अभिनय करियर सुरुवात गरेका थिए। पहिलो फिल्ममा शाहरुखले ४ लाख पारिश्रमिक बुझेका थिए । यो फिल्मका लागि उनले फिल्मफेयर अवार्ड पनि जितेका थिए

अक्षय कुमार
अक्षयले लिड एक्टरका रुपमा पहिलोपटक फिल्म ‘सौगन्ध’बाट यात्रा सुरु गरेका थिए। यो फिल्ममा उनले शिव कृपलानीको भूमिका निर्वाह गरेका थिए । यो भूमिकाका लागि उनले ५१ हजार पारिश्रमिक लिएका थिए।

आमिर खान
सन् १९८८ मा रिलिज फिल्म ‘कयामत से कयामत तक’बाट आमिरले अभिनय करियरको सुरुवात गरेका थिए। उनले पहिलो फिल्मका लागि ११ हजार पारिश्रमिक लिएका थिए।

अमिताभ बच्चन
आजभन्दा ५० वर्ष अघि अमिताभ बच्चनले फिल्म ‘सात हिन्दुस्तानी’बाट डेब्यू गरेका थिए। यो फिल्म सन् १९६९ मा रिलिज भएको थियो । यो फिल्मका लागि उनले ५ हजार पारिश्रमिक बुझेका थिए।

दीपिका पादुकोण
अभिनेत्री दीपिकाले सन् २००७ मा रिलिज फिल्म ‘ओम शान्ति ओम’बाट बलिउडमा डेब्यु गरेकी थिइन्। यो फिल्म ब्लकबस्टर हिट साबित भएको थियो । यो फिल्मका लागि उनले एक रुपैयाँ पनि पारिश्रमिक लिएकी थिइनन्।

शाहिद कपूर
शाहिदले सन् २००३ मा रिलिज फिल्म ‘इश्क विश्क’बाट अभिनय करियर सुरुवात गरेकी थिइन्। यो रोमान्टिक कमेडी फिल्मका लागि उनले १ लाख ५० हजार पारिश्रमिक लिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *