अनिश्चितकालका लागि रोकियो गुलशन कुमारको बायोपिक

डिसी नेपाल
८ भदौ २०७९ १४:५०
304
Shares

मुम्बई। कुनै समय हिन्दी फिल्ममा अभिनेता बन्न आएका र त्यसपछि देशको सबैभन्दा ठूलो फिल्म तथा म्युजिक कम्पनी टी सिरिज स्थापित गर्ने गुलशन कुमारको बायोपिक ‘मुगल’ बन्द भएको छ।

फिल्मको पटकथालाई लिएर निर्देशक तथा टी सिरिजबीच भएको असमझदारीका कारण फिल्ममा गुलशन कुमारको भूमिका निभाउने तयारीमा रहेका आमिर खानले पनि फिल्मबाट हात झिकेका छन्। आफूअभिनित फिल्म ‘लाल सिंह चढ्ढा’ले बक्स अफिसमा खराब प्रदर्शन गरेपछि आमिर गुलशनको बायोपिकबाट पछि हटेका हुन्।

यो फिल्मको निर्देशनको जिम्मेवारी पाएका निर्देशक सुभाष कपुरले आगामी फिल्म ‘जोली एलएलबी ३’ को तयारी सुरु गरिसकेका छन्। वर्षको सुरुवातमै टी सिरिजका संस्थापक गुलशनको बायोपिक बन्ने खबरले बलिउडमा राम्रो चर्चा पाएको थियो।

यो फिल्म पाँच वर्षअघि अक्षय कुमारलाई लिएर निर्माणको तयारी भएको थियो। तर निर्माता र अक्षयबीच खटपट भएपछि आमिरले यो फिल्ममा अभिनय गर्न सहमति जनाए। आमिर ‘लाल सिंह चढ्ढा’को काम सकिएपछि फिल्म ‘मुगल’ मा जोडिने योजनामा थिए। तर टी सिरिजले यसको सुटिङ अनिश्चितकालका लागि रोकेको छ। फिल्मको मुनाफा बाँडफाँटका विषयमा अक्षय र गुलसनका छोरा भूषणबीच सहमति नभएपछि अक्षयले फिल्ममा काम गर्न अस्वीकार गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *