निर्दोष प्रमाणित गरिदिन राजको अपिल
मुम्बई। अभिनेत्री शिल्पा शेट्टीका पति र व्यापारी राज कुन्द्रले अदालतमा आफूमाथि लागेको सबै आरोपबाट निर्दोष प्रमाणित गरिदिन अदालतसमक्ष अपिल गरेका छन्।
राजमाथि गत वर्ष पोर्नोग्राफी उद्योग चलाएको आरोप लागेको थियो, जसकारण उनलाई जुलाईमा मुद्धा दर्ता गरिएको थियो।
यद्यपि अहिलेसम्म उनलाई दोषी ठहराइएको छैन। त्यहीकारण उनी मुम्बई सेशन कोर्टमा निवेदन दिन पुगेका हुन्।
उनले पोर्नोग्राफीसँग आफ्नो कुनै लेनादेना नरहेको निवेदनमा उल्लेख गरेका छन् । उनले कोर्टमा आफूविरुद्ध कुनै प्रमाण नभेटिएकाले आफूलाई निर्दोष साबित गर्न माग गरेका छन्।
पोर्नोग्राफी मामलामा राजलाई मुम्बई प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि उनलाई दुई महिना जेलमा राखिएको थियो। अदालतको कारवाही लम्बिएका कारण राजलाई सेप्टेम्बरमा मुम्बई सेशन कोर्टबाट जमानत मिलेको थियो। अहिलेसम्म उनलाई दोषी मानिएको छैन । यहीकारण राजले आफूलाई निर्दोष मान्दै आएका छन्।
राजले आफूले कहिल्यै पनि पोर्नोग्राफी प्रोडक्सन र कुनै वितरणको काममा आबद्धता नजनाएको उल्लेख गरेका छन्। आफूलाई यो मामलामा फसाउन खोजिएको उनको दाबी छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment