सिलवेस्टरबाट अलग्गिन जेनिफरकाे निवेदन
फिल्म ‘रेम्बो’बाट विश्वमाझ चिनिएका हलिउड अभिनेता सिलवेस्टर स्टेलोनकी श्रीमतीले सिलवेस्टरबाट अलग्गिने घोषणा गरेकी छन्। श्रीमती जेनिफर फ्लेविनले फ्लोरिडाको पाम बीच काउन्टीको एक अदालतमा ७६ वर्षे अभिनेताबाट अलग्गिनका लागि निवदेन दिएकी छन्।
स्टेलोन र फ्लेविनले सन् १९९७ मा विवाह गरेका थिए। यद्यपि उनीहरुको सम्बन्ध सन् १९८८ मा क्यालिफोर्नियाको बेवर्ली हिल्सको एक रेष्टुरेन्टबाट जोडिएको थियो। विवाहको २५ वर्षपछि उनीहरूले अलग्गिने निर्णय लिएका हुन्।
गत मेमा दुवैले विवाहको २५औं वर्ष मनाएका थिए । यही मौकामा अभिनेताले श्रीमतीका लागि सामाजिक सञ्जालमा एक पोस्ट लेखेका थिए। ‘विवाहको २५औं वार्षिकोत्सवको शुभकामना। मसँग बयान गर्नका लागि कुनै पनि शब्द छैन। अविश्वसनीय रुपले निस्वार्थ समर्पित, धैर्यवान यी महिलाले हाम्रो जीवनमा केमात्र महत्व राखिनन् । म यही कामना गर्छु २५ वर्ष बढी यसरी नै बाँच्न पाइयो। धन्यवाद स्वीटहार्ट’, उनले लेखेका थिए।
सिलवेस्टरका अलावा पत्नी फ्लेविनले पनि २५औं वर्षको शुभकामना सामाजिक सञ्जालबाट दिएकी थिइन्। यद्यपि उनले त्यो पोस्ट केही समयमा नै हटाइन्।
सिलेवेस्टर एक्सन फिल्मका कारण विश्वमाझ चिनिए। उनले कैयौं हलिउड फिल्ममा अभिनय गरिसकेका छन्। ‘एक्सपेण्डेबल्स’मा उनको भूमिकालाई निकै मनपराइएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment