‘सोल अफ द कमाण्डो’ को प्रिमियर शो बेलायतमा हुने

डिसी नेपाल
१० भदौ २०७९ १३:०६
88
Shares

काठमाडौँ। खेलाडी राजकुमार राई अभिनित फिल्म ‘सोल अफ द कमाण्डो’ को प्रिमियर शो बेलायतमा हुने भएको छ। निमार्ण पक्षका अनुसार यही शनिबार बेलायतको अल्डसर्टस्थित प्रिसेन्स हलमा प्रिमियर शो हुन लागेको हो। फिल्मको पहिलो प्रिमियरपछि बेलायतकै विभिन्न मुख्य शहरहरुमा यसको प्रदर्शन गरिनेछ।

त्यसै गरी २५ सेप्टेम्बरमा क्यानाडामा यस फिल्मको प्रदर्शन गरिनेछ। नेपालमा यो फिल्म सन् २०२३ मा मात्र प्रदर्शन हुनेछ। नेपालका विभिन्न स्थानका साथै विदेशी भूमिमा समेत छायांकन गरिएको चलचित्र एक्सन जनारामा निर्माण गरिएको छ।

युवराज राई (वीरबहादुर) द्वारा निर्देशित यो फिल्म रवि थापा, धन लिम्बु र मिलन राईले निर्माण गरेका हुन्। एक आर्मी संघर्षलाई फिल्मको कथावस्तु बनाइएको छ। फिल्मको प्रस्तुकर्ता विजया राई हुन्।

फिल्ममा राजकुमार राई, कमला खापुङ लिम्बु, सेसुका राई, रवि थापा, मिलन राई, शिशिर वाङदेल, रुपेश झा, नरेन खडका, सर्मिला लिम्बु, सीमा राई, नरेन लिम्बु र पुर्ण लिम्बुले अभिनय गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *