राधा माताको ‘मेरो अन्तरंग अनुभूति’ प्रकाशित

डिसी नेपाल
११ भदौ २०७९ ९:०५

काठमाडौं। अमेरिकाको मेरिल्याण्ड राज्यमा बसोबास गर्दै आएकी राधा क्षेत्री (राधा माता) ले आफ्ना अन्तरंग भावनाहरु समेटेर कविता संग्रह प्रकाशित गरेकी छन्।

विगत लामो समयदेखि धार्मिक प्रवचन गर्दै आफूलाई प्राप्त इश्वरीय ज्ञान इच्छुकहरुलाई बाँड्दै आएकी माताले मृत्युबोध, काल र आत्माका बारेमा आफ्ना अनुभूतिहरु लयात्मक कविताका माध्यमबाट व्यक्त गरेकी छिन्।

उनले जीवनको सही अर्थ बुझ्ने हो भने मृत्युलाई बुझ्नुपर्ने धारणा राखेकी छिन्। उनले पुस्तकको चिनारीमा लेखेकी छन्‐‘मृत्युलाई नबुझीकन जीवनको अर्थ जान्ने कुनै उपाय नै छैन। जो मृत्युबाट भयभीत हुन्छन्, ती जीवनबाट अपरिचित रहन्छन्।’ माता राधाले मृत्युलाई कसरी बुझ्न सकिन्छ र मुक्ति कसरी सम्भव छ भन्नेबारे लयात्मक शैलीमा आफ्ना विचारहरु यो पुस्तकमा व्यक्त गरेकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *