क्लब टेनएक्समा गुञ्जिए गायक अनिल सिंह
काठमाडौं। केही समय अगाडि ‘रेलिमोई’ गीत सार्वजनिक गरेपछि चर्चित गायक अनिल सिंह क्लब म्युजिकल टूरमा छन्। अघिल्लो साता लन्डन पवमा आफ्नो प्रस्तुति दिएका अनिलले शनिवार क्लब टेनएक्समा प्रस्तुति दिए ।
उनले म्युजिकल क्लब टुरअन्तर्गत कन्सर्ट गरिरहेका छन्। उनको म्युजिकल टुरमा ब्यान्ड पनि छ। ब्याण्ड ‘ग्रुभी सोल’ मा भोकलिस्ट अनिल छन् भने किबोर्डमा सुनिल सिंह, लिड गीतारिस्टमा अनिश मानन्धर, बेस गीतारिस्टमा सन्दीप गुरुङ्ग, ड्रमरमा प्रज्वल निर्वाण छन्।
शनिवार भएको ‘क्लब टेन एक्स’ को कन्सर्टमा स्वदेशीसँगै विदेशी संगीतप्रेमी पनि उपस्थित थिए । आइ लभ यु, प्रेम पत्र, डुब्न देऊ, इन्जिन गाडीमा, प्रेमिका, मैले जानी सकेसँगै पछिल्लो गीत रेलिमोईसम्म उनले गाए। उनको गीतमा उपस्थित संगीत प्रेमी झुमे। कन्सर्ट झन्डै २ घण्टा जति चलेको थियो। अनिलको हिट गीतहरु ‘वान्स मोर’ का कारण झन्डै दुई पटक गाउन बाध्य भएका थिए।
‘दर्शकको मायाले उत्साहित छु। यो म्युजिकल टुरलाई अझै विभिन्न क्लब र स्थानमा लान्छु,’ अनिलले भने। उनले यी सब योजनाअनुसार नै अगाड बढेको बताए। ‘योजनाअनुसार नै काम अगाडि बढाइरहेको छु। क्लबहरुमा म्युजिकल टुरपश्चात विदेशमा पनि गर्ने तयारी हुँदैछ,’ अनिलले भने।
आफ्नो गीत र गतिविधिलाई जानकारी गराउने उद्देश्यले उनले ‘म्युजिक स्टेट’ नामक च्यानल बनाएका छन्। ‘म युट्युबको लागि नयाँ छु। किनकि यसको लोकप्रियता बढेपछि म गीतसंगीत लिएर आएको छैन । अब भने सक्रियता बढाउँदैछु,’ उनले भने।
No ads found for this position

डिसी नेपाल
Facebook Comment