अलग्गिँदै सोहेल र सीमा

डिसी नेपाल
१३ भदौ २०७९ ९:५५
2.9k
Shares

मुम्बई। बलिउड अभिनेता सोहेल खान र उनकी पत्नी सीमा सजदेह अलग्गिने भएका छन्। विवाहको २४ वर्षपछि उनीहरुले अलग्गिने निर्णय लिएका हुन्। सीमा फेसन डिजाइनर हुन्। सोहेलसँग अलग्गिने विषयमा उनले पहिलोपटक मुख खोलेकी छन्।

सोहेल र सीमाको पहिलो भेट सन् १९९८ मा फिल्म ‘प्यार किया तो डरना क्या’ को सेटमा भएको थियो। यसपछि दुवैले भागेर विवाह गरेका थिए। उनीहरुको निर्वान र योहान नामका दुई छोरा छन्।

डिभोर्सको निवेदन दिनुअघि दुवैजना केही समयदेखि अलग्ग बस्थे। ‘मलाई जीवनमा अझै अगाडि बढ्नु थियो। त्यसकारण यो निर्णय लिएकी हुँ। मेरो भाई र बहिनी सबैलाई मेरो निर्णयबारे थाहा छ’, उनले भनेकी छन्।

आफ्नो परिवारले आफ्नो कुरालाई सकारात्मक दृष्टिकोणले हेर्नुपर्ने उनको बुझाई छ। उनले आफूले धेरै नकारात्मक कुरा छोडेको जनाउँदै आफू जीवनको चिन्ता नगर्ने स्थानमा पुगिसकेको दाबी गरेकी छन्।

उनले सामाजिक सञ्जालमा पनि आफ्नो नाम परिवर्तन गरेकी छन्। उनले सीमा किरण सजदेहा लेखेकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *