पुनीतको नाममा स्याटलाइट निर्माण
मुम्बई। दिवंगत कन्नड स्टार पुनीत राजकुमारको नाममा एक स्याटलाइट निर्माण गरिएको छ। बेङ्लोरको एक सरकारी स्कुलका विद्यार्थीले पुनीतलाई श्रद्धाञ्जली दिन स्याटलाइट निर्माण गरेका हुन्। यो स्याटलाइट श्रीहरिकोटा स्टेसनमा सार्वजनिक हुँदैछ।
उक्त जानकारी कर्नाटक सरकारका विज्ञानमन्त्री सीएन असवन्त नारायणले दिएका हुन्। यसअघि राज्य सरकारले पुनीतलाई मरणोपरान्त कर्नाटक रत्न अवार्ड दिने घोषणा गरेको थियो।
मन्त्री नारायणका अनुसार विद्यार्थीहरुले १ दशमलब ९० करोडको लागतमा केजीएस३ सेटलाइटको विकास गरेका हुन्। सेटलाइटको नाम पुनीत राखिएको छ। ‘यो स्वतन्त्रताको अमृत महोत्सवको हिस्सा हो। सरकारले प्रदेशका स्कुल र कलेजबाट करिब एक हजार बच्चाको सर्टलिस्ट बनाउनेछ’ उनले भने।
पुनीतको गत २९ अक्टोबरमा हृदयघातका कारण निधन भएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment