श्रीमतीसँग झगडापछि ३२ दिनदेखि १०० फिट अग्लो रुखमा बस्दै आएका वृद्धको यसरी गरियो उद्धार
काठमाडौं । युपीको मउमा श्रीमतीसँग झगडा भएपछि ३२ दिनदेखि १०० फिट अग्लो ताडको रुखमा बसेका रामप्रवेशलाई प्रहरी–प्रशासनले निकै प्रयासपछि तल ल्याएको छ । बसरतपुर गाउँपालिकाको दलित बस्तीमा श्रीमतीसँग झगडा भएपछि रामप्रवेश ताडको रुखमा बस्न थालेका थिए ।
उनी विगत एक महिनादेखि ताडको रुखमा बस्दै आएका थिए । यस क्रममा उनलाई तल ल्याउन धेरै प्रयास गरियो तर उनले कसैको कुरा सुनेनन् । आइतबार श्रीमतीको निवेदनपछि प्रहरीले उनलाई तल ल्याएको हो ।
मउको प्रहरी चौकी कोपागञ्ज क्षेत्र बसरतपुर गाउँको दलित बस्तीमा बस्ने रामप्रवेशको ६ महिनादेखि श्रीमतीसँग झगडा चलिरहेको थियो । श्रीमतीले कुटपिट गरेको उनले आरोप लगाएका छन् ।
यसबाट रिसाएर उनले घर नजिकैको एक सय फिट अग्लो ताडको रुखमा एक महिनासम्म बस्न थाले । परिवार र गाउँलेहरूले उनलाई तल ल्याउन धेरै प्रयास गरे तर उनी तल झरेनन् । रुखमा नै भगवानको पूजा गर्न थाले ।
रामप्रवेशका बाबुले रामप्रवेशको आफ्नी श्रीमतीसँग झगडा पर्ने गरेको बताए । त्यसपछि उनी रुखमै बस्न थाले । उनलाई डोरीको सहायताले रुखमा खाना खुवाइएको थियो । त्यतिबेला उनी राति तल ओर्लने गरेको गाउँले बताउँछन् । व्यक्तिगत कर्म गरेर रुखमा चढ्ने गर्थे ।
एसडीएम हेमन्त चौधरीले भने, “पुलिस कर्मचारी र वर्दी बिनाका युवाहरूलाई छेउछाउको ताडको रूखमा चढाइएको थियो। पहिले टोलीले रामप्रवेशले बनाएको बास्ने ठाउँलाई तल ल्यायो। त्यसपछि रामप्रवेश भएको रुखमा दुईजना युवकलाई चढाइयो। उनलाई जालीमा खसालेर सकुशल उद्धार गरिएको थियो।”
No ads found for this position

डिसी नेपाल
Facebook Comment