पल शाहको मुद्दाको पेशी आज
पोखरा। अभिनेता पल शाहको मुद्दाको पेशी आज तोकिएको छ। नावालिग बलात्कारको आरोप पक्राउ परेका अभिनेता शाहको पेशी तनहुँ जिल्ला अदालतले आज तोकेको हो।
अभिनेता शाहका कानुन व्यावसायी अधिबक्ता कमला मोहन वाग्लेका अनुसार मंगलवार तनहुँ अदालतमा पेशी रहेको छ भने नवलपुर अदालतले २१ भदौका लागि पेशी तोकेको छ।
उनका अनुसार मुद्धाको फैसाला अन्तिम चरणमा रहेकाले शाहलाई थुनामुक्त गरेर मुद्धा लडन सक्ने तथा थुनामा रहनु पर्ने दुवै मध्य एक खाले फैसाला आउन सक्नेछ। गत ३० चैत देखी थुनामा रहेका अभिनेता शाह हाल तनहुँ जिल्ला कारागारमा छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment