रणवीरले दिए साढे दुई घण्टा बयान

डिसी नेपाल
१४ भदौ २०७९ १२:२०
1.2k
Shares

एजेन्सी। बलिउड अभिनेता रणवीर सिंहले केही समयअघि एक न्यूड फोटोसुट गराएर सनसनी मच्चाएका थिए। उनको फोटोसुटको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो। यद्यपि यो फोटोसुटले उनी कानुनी समस्यामा परेका छन्।

यो फोटोसुटका लागि रणवीरविरुद्ध प्रहरीमा एफआईआर दर्ता भएको थियो। यो विषयमा प्रहरीले रणवीरलाई सोधपुछका लागि बोलाए पनि उनले केही समय मागेका थिए। हाल आएर भने प्रहरीले उनीमाथि सोधपुछ गरेको छ।

न्यूड फोटोसुटको मामलामा अभिनेता रणवीरले मुम्बईको चेम्बर पुलिस स्टेसनमा बयान दिएका छन्। रणवीर सोमबार बिहान ७ बजे त्यहाँ पुगेका थिए। जहाँ अनुसन्धान अधिकारीहरुले उनको बयान लिएका थिए। उनी साढे ९ बजे प्रहरी चौकीबाट निस्किएका थिए। अधिकारीहरुले आवश्यक परेमा रणवीरलाई बोलाइने जनाएका छन्।

रणवीरको न्यूड फोटोसुटका मामलामा एक एनजीओले गत महिना चेम्बर पुलिस स्टेसनमा एफआईआर दर्ता गराएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *