२४ घन्टामा बिपद्का ११ घटना, ४ जनाको निधन

डिसी नेपाल
१५ भदौ २०७९ ७:१३
84
Shares

काठमाडौं। पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा ११ वटा विपद्का घटना हुँदा ४ जनाको निधन भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा चार जनाको निधन हुनुका साथैं चार जना घाइते भएका छन्।

प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार चट्याङ, पहिरो, आगलागी, जनावरको आक्रमण र सिलिन्डर विष्फोटको घटना जस्ता कार्य बितेका २४ घन्टामा घटेका हुन्। यी सबै ११ घटनाबाट ३७ लाख एक हजार रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *