केराबारीमा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध
चितवन। नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ केराबारीमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।
वर्षाका कारण आज बिहान करिब ५ः५० बजेतिर केराबारीस्थित मौरी पुलमा लेदोसहितको पहिरो खसेको हो। सडक डिभिजनसँग समन्वय गरी पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
साँघुरो मौरी पुल खोलाको ग्राभेलले भरिएपछि खोला सडकभन्दा माथिबाट बगेको छ । पानी पर्ने बित्तिकै मौरी पुलमा लेदोसहितको पहिरो खस्ने गरेको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment