२५ वर्षभन्दा कम उमेरकासँग लियोनार्दोको प्रेम
काठमाडौँ। हलिउड अभिनेता लियोनार्दो डिकाप्रियो र उनकी प्रेमिका केमिला मोरोन अलग्गिएका छन्। दुवैले चार वर्षको डेटपछि अलग्गिने निर्णय गरेका हुन्। डिकाप्रियोको डेटिङ विगतलाई हेर्ने हो भने उनका सबै प्रेमिका २५ वर्षभन्दा बढी उमेरका कोही छैनन्।
४७ वर्षका डिकाप्रियोकी हालको प्रेमिका मोरोन २५ वर्षकी थिइन्। डिकाप्रियोकी पहिलो प्रेमिका गिसेल बडचेन हुन्। उनीसँग डिकाप्रियोको त्यो समयमा ब्रेकअप भयो जुन बेला गिसेलको उमेर २० मात्र थियो।
अर्की प्रेमिका बार रेफेलीले २२ वर्षको उमेरमा डिकाप्रियोसँग प्रेम गरिन्। तर, एक वर्ष पुग्न नपाउँदै उनीहरुको ब्रेकअप भयो। त्यस्तै ब्ल्याक लिवलीको अवस्था उस्तै छ। २० वर्षको उमेरमा डिकाप्रियोसँग डेट गरेकी उनले २१ वर्षमै ब्रेकअप गरिन्।
एरिन हेदरटन पनि डिकाप्रियोकी प्रेमिका थिइन्। डिकाप्रियोसँग उनको ब्रेकअप हुँदा उनी २४ वर्षकी थिइन्। टोनी गर्न २३ वर्षकी मात्र थिइन्, जुन समयमा उनले डिकाप्रियोसँगको सम्बन्ध तोडिन्।
केली रोरबाकसँग डिकाप्रियोको ब्रेकअप केली २५ वर्षको उमेरमा हुँदा भएको थियो। डिकाप्रियोको अर्की प्रेमिका नीना अगडल थिइन्। जो उनकी ७ औं प्रेमिका थिइन्। उनको पनि २४ वर्षको उमेरमै ब्रेकअप भयो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment