पोखराबाट मुस्ताङ उडेको समिट एयरको विमानको इन्जिनमा खराबी देखिएपछि…

डिसी नेपाल
१९ भदौ २०७९ ११:१४

पोखरा । पोखराबाट मुस्ताङका लागि उडेको समिट एयरको विमानको इन्जिनमा खराबी देखिएको छ । विमानमा खराबी देखिएपछि पुनः पोखरा नै फर्काइएको छ। पोखरा विमानस्थलबाट बिहान ७ बजेर ५९ मिनेटमा उडेको थियो । विमानमा खराबी देखिएपछि ७ मिनेटमै पोखरा फर्काएर आपत्कालीन अवतरण गरिएको थियो।

विमानमा १८ यात्रु थिए। विमानको इन्डिकेसनमा खराबी देखिएपछि आपत्कालीन अवतरण गरिएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *