कमल खनालको मार्मिक गीति कहानी ‘बाकस’ सार्वजनिक

डिसी नेपाल
१९ भदौ २०७९ १३:२८
84
Shares

काठमाडौं। गायक एवं सर्जक कमल खनालले नयाँ गीत सार्वजनिक गरेका छन्। बालगायक–गायिका सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटाको स्वरमा उनले ‘बाकस’ बोलको गीति कहानी सार्वजनिक गरेका हुन्।

खनाल स्वयमकाे शब्द एवं संगीत रहेको गीतलाई मनोज खड्काले एरेन्ज गरेका हुन्। लामो समयदेखि अमेरिकामा बस्दै आएका खनालले सार्वजनिक गरेको गीतको कथा भने बाध्यताले खाडी मुलुक पुग्ने महिलाहरुको हो।

‘खाडी मुलुक पुग्नेहरुको लहरमा महिलाहरुको संख्या पनि ठूलो छ। आफ्नो साना–साना सन्तानहरुलाई नानापापा ल्याईदिने बाचा गरेर आकाशमा उडेकी आमा बाकसमा फर्किँदाको पीडा गीतमा समेटेका छौं’ यस गीतका गीतकार एवं संगीतकार खनालले भने।

विदेशमा नेपाली महिलाले भोग्नुपरेको पीडा र मृत्यु, अर्कोतर्फ नेपालमा पारिवारिक विचलनको दृश्यहरु समेत गीतको भिडियोमा समेटिएको छ। भिडियो सम्पादनमा कहलिएका सम्पादक मिराज अर्यालले ‘बाकस’ गीतको भिडियोको निर्देशन गरेका हुन्।

भिडियोमा सारिका केसी, कुलदिप अधिकारी, बाल कलाकारद्धय उमेश ढकाल र मञ्जिला बानियाको अभिनय छ । आयुषा क्षेत्री, नरेश धिताल, मिथिला बानिया, शान्ती भट्ट, अशोक अर्यालले पनि भिडियोमा अभिनय गरेका छन्। दिनेश विष्टको छायाँकन रहेको भिडियोलाई निर्देशक मिराज स्वयंमले सम्पादन गरेका हुन् ।

गीतका प्रस्तुतकर्ता कमल खनाल अमेरिकामा रहेपछि नेपाली गीतसंगीतलाई निरन्तरता दिँदै आएका छन्। यसअघि उनको स्वर रहेका ‘डाली पलायो’, ‘छुट्टिने दिन आयो’, ‘न्याउली रुदा यो मन रुन्छ नी’, ‘भेटौंला अवश्य’ लगायतका गीतहरु रुचाईएका छन्। सार्वजनिक ‘बाकस’ गीतलाई पनि स्रोता दर्शकले रुचाउने खनालको अपेक्षा छ। ‘एकदमै राम्रो प्रतिक्रियाअरु आएका छन् । जतिले हेर्नुभएको छ सबैले मन पराउनुभएको छ’ गीतको प्रारम्भिक प्रतिक्रियाबारे खनालले भने । ‘कमल खनाल’ युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *