बिग बोसमा विवादित राज कुन्द्रा
काठमाडौँ। अभिनेता सलमान खान हिट रियालिटी शो ‘बिग बोस’ नयाँ सिजनका साथ चाँडै दर्शकमाझ आउँदैछन्। शोलाई लिएर अहिलेदेखि नै चर्चा परिचर्चा सुरु भएको छ। शोमा सहभागिता हुने सेलिब्रेटीको नाम पनि बाहिर आइरहेको छ। तर, अब यो सूचीमा अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा पनि जोडिएका छन्।
समाचारअनुसार राजलाई ‘बिग बोस १६’ का लागि प्रस्ताव गरिएको छ । शोका निर्माता र राजबीच कुराकानी चलिरहेको छ। राज पनि यो शोमा सहभागिता जनाउनका लागि सकारात्मक छन्। राजले आफ्नो वास्तविक जीवन र साँचो कुरा देशको अगाडि आउनुपर्ने सोचिरहेकाले उनी शोमा जान लालयित छन्।
राजभन्दा अघि ‘बिग बोस’ को पछिल्लो सिजनमा शिल्पाकी बहिनी अर्थात राजको साली शमिता प्रतिष्पर्धी थिइन्। शमिता पहिला बिग बोस ओटीटीको हिस्सा थिइन्। यसपछि उनी बिग बोस १५ मा प्रतिष्पर्धी भइन्। उनको प्रस्तुतिलाई दर्शकले निकै मनपराएका थिए।
राज पछिल्लो समयमा विवादमा तानिएका थिए। खास गरी पोर्नोग्राफी केसमा उनी मुछिएपछि जेलको हावा पनि खानु परेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment