पुष्पा २ बाट अल्लुले लिए १२५ करोड पारिश्रमिक

डिसी नेपाल
२२ भदौ २०७९ १४:१७
1.0k
Shares

एजेन्सी। फिल्म ‘पुष्पा’को सफलता पछि अल्लु अर्जुन पेन इण्डिया स्टार बनेका छन्। उनको पारिश्रमिकदेखि स्टारडमसम्ममा व्यापक वृद्धि भएको छ । उनले ‘पुष्पा २’का लागि झण्डै अभिनेता सलमान खानको हाराहारीमा पारिश्रमिक बुझेका छन्।

समाचारअनुसार ‘पुष्पा २’ का लागि उनले १२५ करोड पारिश्रमिक लिएका छन्। यो फिल्मको बजेट ४ सय ५० करोड हो। उनको यो पारिश्रमिकसँगै बलिउडमा सर्वाधिक पारिश्रमिक लिने कलाकारको तेस्रो स्थानमा परेका छन्। पारिश्रमिकको मामलामा उनले अभिनेता अक्षय कुमारलाई पनि पछि पारेका छन्।

यसअघि अभिनेता सलमानले फिल्म ‘किसीका भाइ किसीका जान’का लागि १२५ करोड पारिश्रमिक लिने भएका छन्। फिल्म निर्माताले नै स्वेच्छाले उनलाई यो पारिश्रमिक दिन लागेका हुन्। सलमानको यो फिल्म यसै वर्षको ३० डिसेम्बरमा रिलिज हुँदै छ । अल्लुको फिल्म भने आगामी वर्षमात्र रिलिज हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *