हलहरूले शो नदिएपछि ‘ऐना झ्यालको पुतली’ टिम पत्रकार सम्मेलन गर्दै

डिसी नेपाल
२३ भदौ २०७९ १४:१९
20
Shares

काठमाडौँ। शुक्रबारबाट रिलिज हुने चलचित्र ‘ऐना झ्यालको पुतली’ लाई नेपालका सिनेमा हलहरूले शो नदिएपछि निर्माण पक्षले आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरेको छ। निर्माण पक्षले बिहीबार दिउँसो पौने ३ बजे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन आयोजना गर्न लागेको हो।

शुक्रबारबाटै रिलिज हुने भनिएको हिन्दी सिनेमा ‘ब्रह्मास्त्र’ सेन्सर पास रोकिएकाले नेपाली हलहरूले ‘ऐना झ्यालको पुतली’ लाई अहिलेसम्म शो दिएका छैनन्। हिन्दी सिनेमा वितरकको प्रभावका कारण नेपाली चलचित्रलाई शो उपलब्ध नगराइको भन्दै निर्माण पक्षले पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा राख्न लागेको निर्देशक सुजित बिडारीले जानकारी दिए।

‘ऐना झ्यालको पुतली’ हेरेका चलचित्रकर्मी तथा पत्रकारले चलचित्रको निकै तारिफ गरेका छन्। धेरै पछि मौलिक नेपाली चलचित्र बनेको भन्दै अहिले सामाजिक सञ्जाल र मिडियामा ‘ऐना झ्यालको पुतली’ प्रशंसा भइरहेको छ । तर, सिनेमा हल मालिकहरूले अहिलेसम्म चलचित्रका लागि शो उपलब्ध गराउन चाहेका छैनन्।

रणवीर कपुर र आलिया भट्ट अभिनित ‘ब्रह्मास्त्र’ महँगो मूल्यमा किनिएको र सो फिल्मलाई धेरै शो दिनुपर्ने भन्दै हल मालिकहरूले ‘ऐना झ्यालको पुतली’ देखाउन नचाहिरहेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *