लाइसेन्स निकाल्न खेताला बनेकाहरु पक्राउ
काठमाडौं । सवारीको लाइसेन्स निकाल्न खेताला बन्नेहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली दुधौली नगरपालिका–११ टाँडीका २० वर्षीय मनिष श्रेष्ठ, सिन्धुली दुधौली नगरपालिका–४ का २० वर्षीय मनिष लामिछाने, कालिकोट महाबई गाउँपालिका–१ का २४ वर्षीय ईन्द्रबहादुर शाही सिन्धुली दुधौली नगरपालिका– १४ का २१ वर्षीय टुल्कु सिं तामाङ र गोरखा भिमसेन स्थान गाँउपालिका–१ का २२ वर्षीय राजकुमार श्रीमल रहेका छन् ।
भक्तपुर मध्यपुर ठिमी नगरपलिका–५ राधे राधेस्थित ईजी वे ट्रायल सेन्टरबाट नक्कली नागरिकता र नक्कली प्रवेश पत्र बनाएर अन्य व्यक्तिहरूको ट्रायल दिने कार्यमा संलग्न हुँदै गर्दा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
नक्कली नागरिकताहरु, पासपोर्ट, प्रवेश पत्रहरु, विभिन्न रसिद, ल्यापटप, नक्कली नागरिकता बनाउन प्रयोग गरिने कागजात र मोबाईल सहित नियन्त्रणमा लिइएको पाण्डेले बताए । उनीहरूलाई लिखत सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment