काठमाडौं उपत्यकामा एकैदिन मापसे गर्ने १८० सवारी चालकमाथि कारवाही
फाइल फाेटाे।
काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने १८० जना चालकलाई कारवाही गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उनीहरुलाई बिहीबार उपत्यकोको विभिन्न स्थानमा कारवाही गरिएको हो।
बिहीबार उपत्यकामा कुल ३ हजार १८३ जना सवारी चालकलाई विभिन्न कारवाही गरिएको कार्यालयले जनाएको छ। ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई कारवाही गरिएको हो ।
कारवाहीमा पर्नेमा लेन अनुसशासन पालना नगर्ने ८३, रेड लाइटमा सवारी साधन चलाउने ६०, निषेधित क्षेत्रमा हर्न बजाउने १५१ र नम्वर प्लेट राम्रोसँग नराख्ने ३४ जना सवारी चालक रहेका छन्।
यस्तै २ हजार ६७५ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment