श्रीलंकाद्वारा पाकिस्तान पराजित
काठमाडौं। एसिया कप क्रिकेट २०२२ को सुपर फोरमा श्रीलंकाले शतप्रतिसत जित निकालेको छ। सुपर फोरको अन्तिम खेलमा फाइनलमा स्थान बनाइसकेका श्रीलंकाले शुक्रबार पाकिस्तानलाई पाँच विकेटले पराजित गर्यो।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले दिएको एक सय २२ रनको लक्ष्य श्रीलंकाले १७ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो।
श्रीलंकाको जितमा ओपनर पथुम निशाकाले सर्वाधिक ५५ रन बनाए। यस्तै, भानुका राजापाक्षेले २४ र कप्तान दसुन सनाकाले २१ रन बनाउँदा वनिन्दु हसरंगा १० रनमा अविजित रहे । पाकिस्तानका मुहम्मद हसनैन र ह्यारिस रौफले समान दुई विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले १९।१ ओभरमा सबै विकेट गुमाउनुअघि एक सय २१ रनको योगफल खडा गरेको थियो।
पाकिस्तानका कप्तान बाबर आजमले सर्वाधिक ३० रन बनाएका थिए । यसबाहेक, मुहम्मद नवाजले २६, मोहम्मद रिजवानले १४ रन जोड्दा फकर जमान र इफ्खिर अहमेदले समान १३ रन जोडे ।श्रीलंकाका वनिन्दु हसरंगाले तीन विकेट लिए ।
सुपर फोरमा यसअघि श्रीलंका र पाकिस्तान दुवैले भारत र अफगानिस्तालाई हराउँदै उपाधि भिड्न्त पक्का गरेका थिए ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment