राप्रपाको ओमनमा प्रवास विभाग समिति गठन, नेतृत्वमा को-को (सूचिसहित)

डिसी नेपाल
२७ भदौ २०७९ १६:०९

मस्कट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को ओमनमा प्रवास विभाग समिति गठन भएको छ। गत शुक्रबार राजधानी मस्कटमा भएको प्रथम महाधिवेशनले ओमनमा पार्टीको भात्रृ संगठन प्रवासी नेपाली एकता समाजको घोषणा गरेको हो।

समिति प्रवक्ता राजेश महर्जनका अनुसार महाविशेनले राजकुमार श्रेष्ठको नेतृत्वमा १६ सदस्यीय कार्यसमिति चयन गरेको हो। कार्यसमितिको अवधि २ वर्षसम्म रहनेछ।

 

नवगठित कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारी रोशन जंग बस्नेतलाई दिइएको छ। यस्तै महिला उपाध्यक्षमा मोनिका भण्डारी चयन भएकी छिन्। यसैगरी महामन्त्रीको जिम्मेवारी टहल ठकुरीले पाएका छन् भने सहमहामन्त्रीमा सुमिका बज्रचार्य चयन भएकी छिन्।

त्यस्तै मोती गुरुङलाई महिला संयोजकको जिम्मेवारी दिइएको छ। यसैगरी कोषाध्यक्षमा शिव कटुवार र सहकोषाध्यक्ष निमा तामाङ चयन भएकी छन्। यस्तै सदस्यहरुमा अनिल मानन्धर, राजेन्द्रलाल श्रेष्ठ, आयुशा खड्का, गोमा कार्की, झरना जोशी, बिराज खड्का र चन्द्रप्रसाद बस्याल चयन भएका छन्।

महाधिवेशनमा ओमनस्थित नेपाली दूतावास द्धितिय सचिव सोमेश श्रेष्ठ प्रमुख अतिथि थिए।

 

यस्तै पार्टीका प्रवास विभाग संयोजक प्रमुख तथा केन्द्रीय सदस्य आनन्द अधिकारी, प्रवास विभाग समितिका सचिव तथा केन्द्रीय सदस्य सन्तोषी शाही ठकुरी र अन्तर्राष्ट्रिय समन्वय समितिका उपाध्यक्ष कुण्डल बहादुर सिंह विशेष अतिथिका रुपमा सहभागि थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *