यु-१७ साफ: उपाधिका लागि नेपाल र भारत भिड्ने
काठमाडौं। श्रीलंकामा जारी यु १७ साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ। सोमबार राति भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु टिम श्रीलंमाथि ६-० को सहज जित निकाल्दै नेपालले फाइनल यात्रा तय गर्याे। नेपालले अब उपाधिका लागि भारतसँग खेल्नेछ।
कोलम्बोमा नेपाली टिमलाई जित दिलाउन हरिस भट्ट, प्रशान्त लक्षम, सुवास बम, निरोज कार्की, युनेश बुढाथोकी र सिजल राईले समान एक गोल गरे। खेलको २१औं मिनेटमा कप्तान प्रशान्तको गोलबाट नेपालले अग्रता बनाएका थियो।
त्यसको अर्को मिनेटमा नै हरिसले नेपालको अग्रता दोब्बर पारे। यस्तै, ३०औं मिनेटमा सुवास बमले नेपालको अग्रतालाई ३-० मा पुर्याए। ३७औं मिनेटमा निरोज कार्कीले गोल गर्दै नेपालको अग्रतालाई अझ फराकिलो बनाए। पहिलो हाफमा ४-० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा दुई गोल थप्यो।
नेपालका युनेशले ५१औं मिनटमा गोल गर्दै टिमको अग्रतालाई ५-० मा पुर्याए। यस्तै, खेलको अन्तिम मिनेटमा सिजल राईले गोल गरेपछि नेपालले ६-० को जित निश्चित गर्याे। नेपालले बुधबार उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ।
पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई ३–० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो। यसअघि समूह चरणको खेलमा नेपालले भारतलाई ३-१ ले पराजित गरेको थियो ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment