थप २०३ जनामा काेराेना संक्रमण
काठमाडौँ। पछिल्लाे २४ घण्टामा थप दुई सय तीन जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ५९ जनाकाे नमूना परीक्षण गर्दा साे संख्यामा काेराेना पुष्टि भएकाे हाे।
संकलित नमूनामध्ये १३ सयलाई आरटी पिसीआर र तीन हजार सात सय ५९ नमूना एन्टीजेनबाट परीक्षण गरिएकाे थियाे । त्यसमध्ये ८७ जनामा पिसीआरबाट र ११६ जनामा एन्टीजेनबाट संक्रमण देखिएकाे थियाे।
नेपालमा हालसम्म काेराेना निकाे हुनेकाे संख्या नाै लाख ८४ हजार सात सय १० पुगेकाे छ भने हाल २२ सय ३२ जना संक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ। यस्तै काेराेना संक्रमणबाट १२ सय १५ जनाले ज्यान गुमाएका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment