‘ली’ को नेपाल भ्रमणले काठमाडौंको यातायात प्रभावित {भिडियो}

डिसी नेपाल
२८ भदौ २०७९ १५:०८

काठमाडौं ।  चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमणका क्रममा काठमाडौंका केहि क्षेत्रमा यातायात प्रभावित भएका छन् । भ्रमणको दोश्रो दिन ली चान्सुको भेटघाटका कार्यक्रमका कारण यातायात प्रभावित भएको हो ।

ली चान्सुको सवारीमा सडक पूर्व रुपमा बन्द गर्दा अन्य स्थानमा पनि जाम हुन पुगेको थियो भने सवारी रुट भएका स्थानमा पैदल यात्रुले पनि सास्ती बेहोर्नु परेको छ । ली चान्सुको टोलीले मंगलबार संसद भवन नयाँ बानेश्वरमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र एमाले तथा माओवादीका नेताहरुसंग भेटवार्ता गरका थिए । उनले बिहीबार स्वदेश फर्कने कार्यक्रम छ ।

हेर्नुहोस् भिडियो:

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *