डेंगु नियन्त्रणका लागि सरकारले काम गरिरहेको छ: स्वास्थ्यमन्त्री खापुङ {भिडियोसहित}

डिसी नेपाल
३० भदौ २०७९ १६:२७

काठमाडौं ।  स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले डेंगु नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताएका छन् । बिहीबार मन्त्रालयमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुको ज्ञापन पत्र बुझ्दै मन्त्री खापुङले डेंगु नियन्त्रणका निरन्तर छलफल भइरहेको र एक्सनमा जाने काम भइरहेको बताएका हुन् । उनले लामखुट्टेको लार्भा नष्ट गर्ने कामलाई पनि तीव्रता दिएको र जनचेतनका काम पनि भइरहेको जानकारी दिए । लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने अभियान देशैभरि सञ्चालन गरिरहेको उनले बताए ।

मन्त्री खापुङले लामखुट्टे नष्ट गर्न स्प्रे र बिषादी छर्नका लागि बिज्ञहरुका सुझाव नआएका कारण हाललाई उक्त कार्य भने नगरिएको बताए । उनले डेंगु प्रभावित विरामीको उपचार भइरहेको र अन्य अस्पताललाई पनि तयारीको अवस्थामा राखिएको जानकारी दिए ।

अनेरास्ववियुले डेंगु नियन्त्रणका लागि प्रभावकारी भूमिका खेल्न र विद्यार्थीलाई निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्ने भन्दै मन्त्री खापुङलाई ज्ञापन पत्र बुझाएको हो ।

हेर्नुहोस् भिडियो:

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *