चोलेन्द्रको ५९ लाख नगद बैंकमा, काठमाडौंमा १ रोपनी बढी जग्गा

डिसी नेपाल
३१ भदौ २०७९ १७:५७

काठमाडौं । न्याय परिषद्ले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सम्पत्ति विवरण संसद्को महाभियोग सिफारिस समितिलाई बुझाएको छ। समितिले बिहीबार सम्पत्ति विवरण झिकाउने निर्णय गरेको थियो । २०७८ साउनसम्म जबराको नाममा बैंक अफ काठमाडौंमा ५९ लाख २६ हजार रुपैयाँ नगद संपत्ति विवरणमा उल्लेख रहेको देखिन्छ ।

ठमेलको घरजग्गा धितोमा राखी ९ करोड ५० लाख ऋण लिएको विवरणमा उल्लेख छ । त्यस्तै सम्पत्ति विवरणमा पुरानै विवरण उल्लेख भएको जनाइएको छ । साथै गरगहना पनि विवरणमा उल्लेख गरिएको छैन । श्रीमती रेजी क्षेत्री राणाको नाममा काठमाडौं–५ मा १ रोपनी ८ आना ३ पैसा १ दाम जमिन रहेको छ । उक्त जग्गाको २०७७ मा ८ करोड २६ लाख रुपैयाँमा किनेको उल्लेख छ । उक्त जग्गामा पुरानो घरसमेत रहेको उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *