ओमनमा राजनीतिक बैचारिक संयन्त्रद्वारा राजदुत अर्याललाई स्वागत

डिसी नेपाल
१ असोज २०७९ १८:४३

ओमन । ओमनमा सक्रिय पाँच राजनीतिक संस्था (बैचारिक संयन्त्र) जनसम्पर्क समिति ओमन, नेपाली जनप्रगतिशिल मञ्च ओमन, ओमन नेपाली एकता समाज, प्रवासी नेपाली एकता मञ्च ओमान र विवेकशील नेपाली ओमान मिलेर सयुक्त कार्यक्रम मार्फत सयुक्त रुपमा ओमनका लागि नेपाली राजदुत डोरनाथ अर्याललाई स्वागत गर्नुका साथै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

स्वागत कार्यक्रममा प्रमुख अतिथी राजदुत डोरनाथ अर्याल, विशेष अतिथी एनआरएनए सोसल क्लब ओमनका उपाध्यक्ष महेश्वर चौधरी रहरेका थिए । भने कार्यक्रमको सभापति जनसम्पर्क समिति ओमनका सभापती सालिकराम चापागाईं, कार्यक्रम संचालन जनप्रगतिशील ओमनका महासचिव पुर्ण ब. बिक पहाडीले गरेका थिए ।

कार्यक्रममा मौन धारण र राष्ट्रियगान सँगै राजदुत डोरनाथ अर्यालले कार्यक्रमको उद्वाटन गरे । प्रवासी नेपाली एकता मञ्च ओमनका अध्यक्ष लिलानाथ कोइरालाले स्वागत भाषण गरेका थिए साथै ओमान नेपाली एकता समाज रक्तिम कलाकारहरुबाट स्वागत गीतको बेजोड प्रस्तुती रहेको थियो।

आयोजकको तर्फबाट नेपाली जनप्रगतिशील मञ्च ओमनका अध्यक्ष उमेश बिक, ओमन नेपाली एकता समाजका अध्यक्ष छबिलाल बस्नेत, प्रवासी नेपाली एकता मञ्चका महासचिब प्रेम तामाङ, विवेकशील नेपाली दलका संयोजक जीवन कार्कीले मन्तब्य राखेका थिए ।

अतिथिको रुपमा ओमनमा रहेका बिभिन्न संघ सस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *