मन्त्री कुँवर र राज्यमन्त्री सोडारीद्वारा बाढीप्रभावित क्षेत्रको स्थलगत निरीक्षण

डिसी नेपाल
२ असोज २०७९ २०:५०

असोज । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र सुदूरपश्चिम प्रदेश सरकारका अर्थ राज्य मन्त्री बलबहादुर सोडारीले कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराएका छन् ।

मृत्यका सात परिवारलाई सरकार तर्फबाट ७ लाख रुपैयाँ र मन्त्री कुँवर र राज्यमन्त्री सोडारीले व्यक्तिगत तर्फबाट २३ जना मृत्यकका परिवारलाई १० हजारका दरले २ लाख ३० हजार आर्थिक सहयोग गरेका हुन् ।

राहत वितरण गर्दै मन्त्री शेरबहादुर कुँवरले अछामका पहिरो पीडितलाई राहत तथा उद्धारमा कुनै कमी हुन नदिने बताए ।

राहत वितरण अघि श्रम मन्त्री कुँवर र राज्यमन्त्री सोडारी सहित अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासैनी बाढीबाट प्रभावित चार वटै स्थानको स्थलगत समेत अध्ययन गरेका थिए । आज थोरै मात्रामा राहत उपलब्ध गराएको पीडित परिवारको लागि आवस्यकता राहतको लागि भोलिबाट नै उपलब्धता गराउने उनले जानकारी दिए ।

कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई खाद्यान्नदेखि अन्य आवस्यक सामग्री केन्द्र सरकारबाट सहयोग गरिने उनले बताए ।

शुक्रबार राती आएको अविरल वर्षका कारण ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २३ जनाको मृत्यु भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *