साउदीमा अवैधरुपमा रहेका ५८ जना नेपालीले पाए एक्जिट भीसा

डिसी नेपाल
३ असोज २०७९ ११:४८

काठमाडौँ। साउदी अरेबियामा विभिन्न कारण अवैधरुपमा रहेका ५८ जना नेपालीलाई स्थानिय प्रशासनले स्वदेश फर्किनको लागि वहिर्गमन (एक्जिट भीसा) प्रदान गरेको छ। सेप्टेम्बर १५ सम्ममा ती भीसा प्राप्त भएको साउदी अरबस्थित नेपाली दूतावासले जनाएको छ।

साउदीका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नवनाईएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भीसा का लागि दूतावासले अनुरोध गरेको थियो।

दूतावासको अनुरोध गरेकामध्ये ५८ जनालाई एक्जिट भीसा दिइएको हो। एक्जिट भीसा आएकाहरुले दूतावासमा आएर आफ्नो एक्जिट भीसा लिएर जान दूतावासले अनुरोध गरेको छ। स्थानीय कानुनअनुसार एक्जिट भिसा लागेको ६० दिन भित्र अनिवार्य रूपमा साउदी अरब छोड्नु पर्ने हुन्छ।

एक्जिट भीसा प्रोसेसिङ् निःशुल्क हुने भए पनि एक्जिट भीसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने दूतावासले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *