कांग्रेस महामन्त्री शर्मा बन्द सूचीसहित पुगे आयोग

डिसी नेपाल
३ असोज २०७९ १६:५८

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचन आयोग पुगेका छन् । पार्टीको समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन उनी आयोग पुगेका हुन् । प्रतिनिधिसभाका ११० जना र सबै प्रदेशका २२० जना समानुपातिक उम्मेदवारको नामको बन्दसूची रहेको बताईन्छ ।

कांग्रेसले बन्दसूचीमा भएका नामहरू सार्वजनिक नगरे पनि सहमहामन्त्रीहरू जीवन परियार र फरमुल्लाह मन्सुर, पूर्वउपसभापतिहरू विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ तथा केन्द्रीय सदस्य डा आरजु राणाको नाम समावेश गरिएको नेताहरूले बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *