क्रिकेट खेलका नियमहरूमा आईसीसीले गर्‍यो ठूलो परिवर्तन, के-के छन् नयाँ नियम ?

डिसी नेपाल
४ असोज २०७९ १५:३२

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले क्रिकेट खेलका नियममा धेरै परिवर्तन गरेको छ । सौरभ गांगुलीको नेतृत्वमा रहेको पुरुष क्रिकेट समिति (एमसीसी) को सिफारिसमा मुख्य कार्यकारी समिति (सीइसी) ले यी परिवर्तनहरू पठाएको थियो ।

एमसीसीको सिफारिसहरू महिला क्रिकेट समितिसँग साझेदारी गरिएको थियो, जसले यी सुझावहरूमा सहमत भयो। अक्टोबर १, २०२२ देखि क्रिकेट खेल्ने अवस्थाहरूमा मुख्य परिवर्तनहरू यस्ता छन् ।

१. क्याच आउट हुँदा नयाँ ब्याट्सम्यान आउने

कुनै पनि खेलाडी क्याच आउट भएपछि आउने नयाँ ब्याट्सम्यानले नै स्ट्राइक लिनेछ। क्याच लिनुअघि दुवै ब्याट्सम्यानले रनका लागि दौडिएर छेउ बदलेका भए पनि नयाँ ब्याट्सम्यानले नै स्ट्राइक लिनु पर्नेछ । यसअघि क्याच समाउँदा ब्याट्सम्यान क्रस भइसकेको भए स्ट्राइक बदलिन्थ्यो ।

२. बल चम्काउन थुकको प्रयोग

कोरोना महामारीका कारण विगत दुई वर्षदेखि बल चम्काउन थुकको प्रयोगमा प्रतिबन्ध लगाइएको थियो, अहिले यसलाई स्थायी बनाइएको छ र अब थुक प्रयोग गर्न पाइने छैन ।

३. आउने ब्याट्सम्यान तुरुन्तै ब्याटिङ गर्न तयार हुनुपर्छ

टेष्ट र एकदिवसीय खेलमा ब्याटिङ गर्न आउने ब्याट्सम्यानले दुई मिनेटभित्रै स्ट्राइकका लागि तयार भइसकेको हुनुपर्छ । तर, टी–२० खेलका लागि डेढ मिनेटको नियम कायम रहनेछ ।

४. स्ट्राइकरको बल खेल्ने अधिकार

ब्याट वा व्यक्ति (ब्याट्सम्यान) को केहीभाग पिच भित्र रहनु पर्छ। यदि ब्याट्सम्यान वा ब्याट पिचबाट बाहिर गयो भने, अम्पायरले यसलाई डेड बल घोषित गर्नेछ। कुनै बल जसमा ब्याट्सम्यान पिच बाहिर जान बाध्य भयो भने त्यो नो बल हुनेछ।

५. फिल्डिङ टोलीको अनुचित गतिविधि

जब बलरले बलिङको लागि दौडन थाल्छ, त्यस समयमा फिल्डिङ टिमले कुनै पनि जानाजानी वा अनुचित व्यवहार गरेमा अम्पायरले बललाई डेडबल घोषित गरी ब्याटिङ टोलीलाई पाँच रन दिन सक्छ।

६. नन स्ट्राइकरमा रन आउट

हालको नियम अनुसार नन स्ट्राइकरलाई रन आउट गर्न सकिन्छ तर यसलाई ‘अनफेयर प्लेबाट रन आउट’ भनिन्छ। अब यसलाई रन आउट नै भनिनेछ।

७. बलरले बल फ्याँक्नु अघि स्ट्राइकरको छेउमा बल फ्याँक्नु

अहिलेसम्म, बल फ्याँक्नु अघि, बलरले स्ट्राइकरलाई क्रिजबाट बाहिर निस्किएको देखे रन आउट गराउने प्रयास गर्न सक्थे। अब यसलाई डेड बल भनिन्छ।

८. अन्य प्रमुख परिवर्तनहरू

खेलको समयमा पेनाल्टी प्रणाली, जुन २०२२ जनवरीमा टि-२० मा लागू गरिएको थियो (जसमा फिल्डिङ टोलीले निर्धारित समयमा आफ्नो ओभर बलिङ गरेनभने बाँकी ओभरहरूमा सर्कल भित्र एक अतिरिक्त फिल्डर राख्नु पर्छ), । यो नियम २०२३ मा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप सुपर लिगपछि एकदिवसीयमा पनि लागू हुनेछ।

एकदिवसीय र टी–२० खेलका सबै पुरुष र महिला टोलीको प्ले कन्डिसन परिवर्तन गर्ने निर्णय पनि गरिएको छ । ताकि दुवै टोली तयार भएमा हाइब्रिड पिच प्रयोग गरिनेछ। हाल हाइब्रिड पिच महिला टी-२० खेलमा मात्र प्रयोग गर्न सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *