बारम्बार तातोपानी पिउनुहुन्छ ? मिर्गौलादेखि मस्तिष्कसम्म हुन्छ यस्तो समस्या

डिसी नेपाल
५ असोज २०७९ १०:१७

काठमाडौं । तौल घटाउन र छालाको समस्याबाट छुटकारा पाउन धेरैले तातो पानी पिउने गरेको तपाइले सुन्नु भएको होला । यसबाहेक चिसोबाट बच्न तातो पानी पिउने गरिन्छ ।

केही मानिसहरू बिहान उठेर तातो पानी पिउन सल्लाह दिन्छन्। तर तपाईलाई थाहा छ ? तातो पानी पिउनुका जति फाइदा छन् त्यति नै हानि पनि हुने गर्दछ । यदि तपाइँले धेरै तातो पानी पिउनुहुन्छ भने, यसले तपाइँको स्वास्थ्यमा नराम्रो असर गर्न सक्छ। आज हामी तपाईलाई धेरै तातो पानीले के–कस्ता नोक्सान हुन सक्छ भनी बताउनेछौं ।

धेरै अध्ययनहरूले देखाएको छ कि यदि तपाइँलाई तिर्खा लाग्दा धेरै तातो पानी पिउनुहुन्छ भने, यसले तपाइँको एकाग्रतालाई असर गर्छ। धेरै तातो पानीले मस्तिष्क कोशिकाहरू सुन्निने गर्दछ । यसले मानसिक समस्या निम्त्याउन पनि सक्छ।

धेरै तातो पानी पिउँदा मृगौलामा समस्या हुने गर्दछ । मिर्गौलामा विशेष केशिका प्रणाली हुन्छ। यसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्छ। तातोपानीका कारण मिर्गौलामा बढी तनाव हुने विज्ञहरू बताउँछन् । यसले उनीहरुमा नराम्रो असर पर्न सक्छ ।

धेरै तातो पानीले पाचन प्रणालीमा पनि नराम्रो असर गर्छ । यसले आन्द्रालाई पनि असर गर्छ । आन्द्राको समस्या भएका मानिसहरुले तातो पानी पिउनु हुँदैन । यसबाहेक तातो पानीले मुखमा अल्सरको समस्या पनि निम्त्याउन सक्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *