अर्का नेपालीले युएइमा ४० लाख रुपैयाँ बराबरको आधा किलो सुन पुरस्कार जिते

डिसी नेपाल
६ असोज २०७९ १३:३४

काठमाडौं। एक नेपालीले संयुक्त अरब इमिरेट्समा करिब ३५ करोड रुपैयाँ बराबरको लट्री जितेकै दिन युएइमै अर्का एक नेपालीले आधा किलो सुन जितेका छन् । उनले जितेको आधा किलो सुनको मूल्य बिहीबार नेपाली बजारमा कारोबार भइरहेको सुनको मूल्य अनुसार करिब ४० लाख रुपैयाँ पर्छ ।

द सियासत डेलीका अनुसार विदेशमा पैसा पठाउने रेमिटेन्स कम्पनी अल अन्सारी एक्सचेन्जमार्फत पैसा पठाएपछि लक्की ड्रका लागि योग्य भएका व्यक्तिहरुले यो पुरस्कार पाएका हुन् । नेपालका केशर हुम बहादुर कार्की र पाकिस्तानी जुनैद अहमद सज्जाद जहीर जोयाले आधा किलो सुन जितेका हुन् ।

अल अन्सारीको लक्की ड्रमा सबैभन्दा धेरै १ मिलियन दिराम भारतका सज्जाद अली बटले जितेका छन् । यमनका नागरिक सबिर अलीले नयाँ मार्सिडिज बेन्ज कार जितेका छन् । पुरस्कार जित्ने नेपाली नागरिक कार्की नेपालको कुन ठाउँका हुन् भन्ने स्पष्ट छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *