दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

डिसी नेपाल
७ असोज २०७९ १०:३१

दार्चुला। दार्चुलाको अपिहिमाल गाउँपालिका-५ गोगनपानीमा हिजो बेलुका जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा २ जना घाइते भएका छन्।

मृत्यु हुनेमा जिपमा सवार सोही गाउँपालिका-६ का १८ वर्षीय दिनेश धामी रहेका छन्। घाइते भएका जिप धनी र चालकलाई उपचारका लागि लाटीनाथ स्वास्थ्य चौकी लगिएको छ।

सेल्बिघाटबाट मकरीगार्डतर्फ जाँदै गरेको म १ ज २३३ नम्बरको यात्रुबाहक जिप हिजो बेलुकी सवा ८ बजे ब्रेक फेल भएर सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो।

जिपमा सवार अन्य २ जना यात्रु भने शकुसल रहेको इलाका प्रहरी कार्यालय लाटीनाथ दार्चुलाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *