स्पेन स्तब्ध, पोर्चुगलको सहज जित

डिसी नेपाल
९ असोज २०७९ ७:३३

काठमाडौं। युइएफए नेसन्स लिग अन्तर्गत ए ग्रुप २ को खेलमा स्पेन स्तब्ध बन्दा पोर्चुगलले सानदार जित निकालेको छ। स्वीट्जरल्यान्डले स्पेनलाई २–१ ले पराजित गर्‍यो । स्वीट्जरल्यान्डको जितमा म्यानुयल एकान्जी र ब्रिल इम्वोलोले गोल गरे । स्पेनका जोर्डी अल्वाले एक गोल।

जितसँगै स्वीट्जरल्यान्ड ५ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा छ। पराजित स्पेन ८ अंक जोडेर दोस्रो स्थानमा छ।

अर्को खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई ४–० ले पराजित गर्‍यो। पोर्चुगलको सानदार जितमा डिएगो डालोटले दुई गोल गरे। यस्तै, ब्रुनो फर्नान्डेस र डिएगो जोटाले एक एक गोल गरे ।

पोर्चुगल १० अंक जोडेर शीर्षस्थानमा छ । चेक रिपब्लिक ४ अंक जोडेर पुछारमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *