बंगलादेशसँग मैत्रीपूर्ण खेल किरणको कप्तानीमा

डिसी नेपाल
१० असोज २०७९ १६:४८

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबार दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्दैछ ।

घरेलु मैदान दशरथ रंगशालामा नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो । खेलमा राष्ट्रिय टोलीको कप्तानी पुनः किरण चेम्जोङले नै गर्ने भएका छन् । मैत्रीपूर्ण खेल अघि सोमबार आयोजित प्रि–कम्फ्रेन्समा राष्ट्रिय फुटबल टिमका कार्यवहाक प्रशिक्षक प्रदीप हुमागाईका साथमा किरण प्रस्तुत भएका थिए ।

प्रि–कम्फ्रेन्स कार्यवहाक प्रशिक्षक हुमागाईले मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीले निरन्तर प्रशिक्षण गरेको र राम्रो नजिता आउने विश्वास व्यक्त गरे । उनले यो निकै महत्वपूर्ण खेल भएकाले जीतको लक्ष्यका साथ नेपाली टीम मैदान उत्रने बताए । उनले आफुले पाएको जिम्मेवारी गम्भीरताका साथ पुरा गर्ने बताए ।

त्यस्तै किरण चेम्जोङले खेलाडीहरुले देशका लागि खेल्ने भएकाले कोहिमाथि भेदभाव गर्न नहुने बताए । यसअघि नेपाल नआएको बिषयमा उनले आफुलाई राष्ट्रिय फुटबल टिमबाट बाहिर राखेकाले नै नआएको स्पष्ट पारे । उनले तीन दिन प्रशिक्षण गर्ने मौका पाएको र टीमलाई बलियो बनाएर अघि बढ्ने जिकिर गरे ।

यसअघि किरणसहित ११ सिनियर खेलाडी तत्कालिन प्रशिक्षक अब्दुल्ला अल्मुताइरीसँगको विवाद पछि टोलीमा थिएनन् । त्यस्तै बंगलादेशका प्रशिक्षक र कप्तालले मैत्रीपूर्ण खेलका लागि निरन्तर अभ्यास गरेको र राम्रो नतिजा ल्याउने विश्वास गरे । नेपाल र बंगलादेशबीचको खेल मंगलबार साँझ ५ः३० बजे सुरु हुनेछ ।

बंगलादेशविरुद्धको ‘हेड टु हेड’ मा नेपाल निकै पछि रहेको छ । नेपालले बंगलादेशविरुद्ध हालसम्म २४ पटक प्रतिस्पर्धा गरेको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ । ५ खेल बराबरीमा सकिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *