रवीन्द्र मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष, पाँँचौँ वरीयता
काठमाडौँ। विवेकशील साझा पार्टीको साधारण सदस्य परित्याग गरेका रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने भएका छन्। बुधबार काठमाडौंमा आयोजना हुने औपचारिक कार्यक्रममार्फत उनी राप्रपा प्रवेश गर्न लागेका हुन्।
लामो समयको छलफलपछि मिश्र राप्रपामा प्रवेश गर्न लागेका हुन्। साझा र विवेकशील साझाको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका मिश्र राप्रपाको भने वरिष्ठ उपाध्यक्ष हुने भएका छन्।
मिश्रसहितको उनको टिम नै राप्रपामा प्रवेश गर्न लागेको हो। वरिष्ठ उपाध्यक्ष पद लिएर राप्रपा प्रवेश गर्न लागेका मिश्र राप्रपामा पाँचौँ वरीयतामा रहने राप्रपा स्रोतले जानकारी दिएको छ। ‘वरिष्ठ उपाध्यक्ष पदमा मिश्र राप्रपा प्रवेश गर्न लागेका हुन्,’ स्रोतले भन्यो, ‘उनी राप्रपामा पाँचौँ वरीयतामा रहनेछन्।’
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment