निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुने

डिसी नेपाल
११ असोज २०७९ १६:१३

काठमाडौं । निर्वाचन आयोगले बुधबार (असोज १२ गते) देखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ ।

‘निर्वाचन आयोगले भोलि असोज १२ गते बुधबारदेखि निर्वाचन अचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ । आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको छु,’ निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको आचारसंहिता बुधबारदेखि लागू गर्ने निर्णय गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *