बंगलादेशसँग मैत्रीपूर्ण खेलः पहिलो हाफमा नेपाललाई ३ गोलको अग्रता, अञ्जनको ह्याट्रिक

डिसी नेपाल
११ असोज २०७९ १८:२३

काठमाडौं । बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले ३ गोलको अग्रता लिएको छ।

नेपालका लागि अञ्जन विष्टले ह्याट्रिक गरे।

उनले खेलको १८ औं, २७ औं र ३८ औं मिनेटमा गोल गरे। यो सँगै विष्टको १० अन्तर्राष्ट्रिय गोल पुगेको छ।

घरेलु मैदान दशरथ रंगशालामा नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेलेको हो । खेलमा राष्ट्रिय टोलीको कप्तानी पुनः किरण चेम्जोङले गरेका छन् । मैत्रीपूर्ण खेल अघि सोमबार आयोजित प्रि–कम्फ्रेन्समा राष्ट्रिय फुटबल टिमका कार्यवहाक प्रशिक्षक प्रदीप हुमागाईका साथमा किरण प्रस्तुत भएका थिए ।

प्रि–कम्फ्रेन्स कार्यवहाक प्रशिक्षक हुमागाईले मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीले निरन्तर प्रशिक्षण गरेको र राम्रो नजिता आउने विश्वास व्यक्त गरेका थिए ।

बंगलादेशविरुद्धको ‘हेड टु हेड’ मा नेपाल निकै पछि रहेको छ । नेपालले बंगलादेशविरुद्ध हालसम्म २४ पटक प्रतिस्पर्धा गरेको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ । ५ खेल बराबरीमा सकिएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *