अन्जन विष्टको ह्याट्रिकसँगै बंगलादेशमाथि नेपालको ३-१ को जित

डिसी नेपाल
११ असोज २०७९ १९:४७

काठमाडौं । अन्जन विष्टले ह्याट्रिक गरेपछि नेपालले बंगलादेशविरुद्ध मैत्रीपूर्ण फुटबल खेलमा ३-१ ले गोलले जित निकालेको छ । दशरथ रंगशालामा मंगलबार साँझ भएको खेलमा नेपालले बंगलादेशलाई ३-१ गोलले हरायो ।

नेपालले सबै गोल पहिलो हाफमा गरेको थियो । नेपालको जितमा अन्जन विष्टले पहिलो हाफमै ह्याट्रिक पूरा गरेका हुन् । १८औं मिनेटमा खाता खोलेका अन्जनले २७औं र ३८औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । उनी अन्तर्राष्ट्रिय फुटबलमा ह्याट्रिक गर्ने नेपालका छैटौं खेलाडी समेत बनेका छन् ।

यससँगै अन्जनले राष्ट्रिय टोलीका लागि ब्यक्तिगत १० गोल गरेका छन् । बंगलादेशका लागि सजाद होसेनले ५५औं मिनेटमा एक गोल गरे ।

यसैबीच बंगलादेशविरुद्ध खेलबाट नेपालका ऋतिक खड्का र आशिष चौधरीले राष्ट्रिय टोलीमा डेब्यू गरेका छन् । ऋतिक ८१औं मिनेटमा सेसेहाङ आङ्देम्वेको स्थानमा तथा आशिष विमल घर्तीमगरको स्थानमा मैदान प्रवेश गरेका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *