साबा च्याम्पियनसिप : श्रीलंकाविरुद्ध नेपालको जित

डिसी नेपाल
१२ असोज २०७९ ७:३८

काठमाडौं। माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिप अन्तर्गत नेपालले दोस्रो खेलमा मंगलबार राति साविक विजेता श्रीलंकालाई ५५-४९ ले पराजित गरेको छ।

पहिलो खेलमा नेपाल घरेलु टिमसँग ५१–४७ को नतिजामा पराजित भएको थियो। सन् २०१९ मा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुदमा नेपालसँग भोगेको पराजयको बदला लिन माल्दिभ्स सफल भएको थियो।

उपाधि होडमा कायम रहन नेपाललाई आजको खेल जित्नै पर्ने दबाब थियो। नेपाल, भुटान, श्रीलंका र माल्दिभ्स मात्रै सहभागी भएकाले लिग पद्धतिमा जारी प्रतियोगितामा सबैभन्दा बढी अंक जोड्ने टिम च्याम्पियन हुनेछ।

पहिलो खेलमा पराजित भएसँगै नेपाललाई उपाधिका लागि सबै खेल जित्नु पर्ने दबाब छ। दक्षिण एसियाली बास्केटबल संघ (साबा) महिला बास्केटबल च्याम्पियनसिपको यो दोस्रो संस्करण हो।

यसअघि सन् २०१६ मा नेपालमा भएको पहिलो संस्करणको फाइनलमा श्रीलंकासँग पराजित हुँदा नेपाल उपविजेता बनेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *