मिश्र र लिङ्देलले अब देशको निकास दिन्छन् : राणा

डिसी नेपाल
१२ असोज २०७९ १४:४२
372
Shares

काठमाडौं। राप्रपाका निवर्तनमा अध्यक्ष पशुपति शमशेर राणाले अब पार्टी अध्यक्ष राजेन्द्र लिङ्देल र रवीन्द्र मिश्रले देशमा नयाँ सिराबाट राजनीति गर्ने विश्वास व्यक्त गरेका छन्।

अबको निर्वाचन देशको भाग्य निर्धारण गर्ने मौका भएकाले सदुपयोग गर्न उनले सर्वसाधारणलाई आग्रह पनि गरे। उनले भने, ‘हामीहरु अरु पार्टी जस्तै बनेर जानु हुँदैन हामीले देशका लागि प्रष्ट भिजन दिन सक्नु पर्छ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी तथा रवीन्द्र मिश्र समूहबीच एकता घोषणा कार्यक्रममा उनले लिङ्देल र मिश्रसँगै ८१ वर्षीय आफू पनि लाग्ने बताए।

पन्चेश्वर, पश्चित सेती र अरुण जस्ता वृहत आयोजनालाई अब मुलुकले जोड दिनु पर्ने बताए । मुलुक विकासको छायामा होइन मूल ज्योति मै रहनु पर्ने बताए। अब पूर्वबाट मात्रै होइन पश्चिमबाट पनि सूर्य उदाउने अवस्थामा पुर्‍याउनु पर्ने उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *