कालीमाटी क्षेत्रमा महानगरको अनुगमन, गुणस्तरहीन खाद्यबस्तु जफत

डिसी नेपाल
१२ असोज २०७९ २१:५८

काठमाडौं । काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले कालीमाटी क्षेत्रका खाद्य पसलहरुमा म्याद सकिएका, ओसिएका र कीरा लागेका चामल चिउरा लगायतका खाद्यबस्तु बरामद गरेको छ ।

आज काठमाडौं महानगरपालिकाको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक एवं उपप्रमुख सुनिता डंगोल नेतृत्वको अनुगमन टोलीले डी एण्ड डी खाद्य सप्लायर्सबाट ७७ बोरारप्याकेट र अमन खाद्य किराना पसलबाट ४ बोरा र प्याकेट बरामद गरिएको हो । सप्लायर्सलाई एप्पल ब्राण्डका १० बोरा चामल विक्री गर्न रोक लगाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

सप्लायर्सबाट बरामद गरिएका खाद्य सामग्रीहरुमा १० केजीका ६ बोरा र ५ केजीको १ बोरा मस्यौरा, २५ किलो तौलका ४९ बोरा र १ किलोका ५० प्याकेटको एउटा बोरामा प्याक गरिएका ६ बोरा लङ्ग्रेन चामल छन् । त्यस्तै १२ लिटरको एक कार्टुनमा प्याक गरिएका ९ कार्टुन तेल, २५ किलो तौल भएका २ बोरा चना, ५ कार्टुन साबुन बरामद गरिएको हो ।

अनुगमनमा क्रममा ७ वटा पसलहरु हेरिएका थिए । यसमा खाद्य पसल, मिठाइ पसल हेरिएको थियो । यस क्रममा संगम स्वीटको भान्छामा मिठाइ बनाउँदै गरिएको तेल अखाद्य भेटिएकोले त्यसलाई नष्ट गरिएको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *