नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटको खेल तालिका सार्वजनिक
काठमाडौँ। गण्डकी प्रदेशमा २८ असोजदेखि सुरु हुने नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको तालिका सार्वजनिक भएको छ। २३ गतेदेखि पोखरा रंगशालामा हुने प्रतियोगिताको पहिलो खेलमा आइतबार गण्डकी प्रदेशले मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशको सामना गर्नेछ।
१ कात्तिकसम्म चल्ने प्रतियोगिताको हरेक दुई दिन समूह चरणको खेलहरु हुनेछन्। प्रतियोगिताको दुवै सेमिफाइनल खेलहरु ३१ असोज र फाइनल खेल १ कात्तिकमा हुनेछ।
प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट भने सम्पन्न भइसकेको छ। २३-३१ भदौगतेसम्म चलेको प्रतियोगितामा नेपाल पुलिस क्लबले स्वर्ण, त्रिभुवन आर्मी क्लबले रजत र सुदूरपश्चिम प्रदेशले कांस्य पदक जितेको थियो।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment