नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रको २२ औँ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

डिसी नेपाल
१४ असोज २०७९ २२:४६

मेरिल्यान्ड । नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनइसीसी)ले आफ्नो २२ औँ वार्षिकोत्सव कार्यक्रम भव्यरूपमा सम्पन्न गरेको छ । एनइसीसीले भर्खरै खरिद गरेको स्थान जर्मनटाउन, मेरिल्यान्डमा आयोजना गरिएको सो कार्यक्रममा संस्थाका विभिन्न क्षेत्ररपरियोजनाहरूमा योगदान गर्ने दाता एवं स्वयमसेवकहरूलाई सम्मान गरेको थियो ।

गत सेप्टेम्बर २४ मा भएको कार्यक्रममा करिब ३०० जना अतिथि, दाता तथा आगन्तुकहरू सहभागी थिए ।

कार्यक्रममा विगत तीन दशकभन्दा बढि समयमा समुदायमा आफ्नो बहुमूल्य योगदान प्रदान गर्दै आएका एनइसीसीका स्वयसेवकहरु डा. हरि तथा इन्दिरा शर्मा, डा. श्याम तथा इन्दिरा कार्की, कृष्ण तथा रीता निरौला र शशी तथा मौरिन उपाध्याय लगायतलाई संस्थाको तर्फबाट सम्मान प्रदान गरिएको थियो ।

यस्तै, डा. हरि शर्मा, डा. श्याम कार्की, कृष्ण निरौला, डा. महेन्द्र कार्की, खिलेन्द्र न्यौपानेर सरोज प्रजापतिलाई अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट प्राप्त लाइफटाइम एचिभमेन्ट अवार्ड तथा २५ जना स्वयसेवकलाई अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट राष्ट्रपति स्वयसेवी सेवा अवार्ड प्रदान गरिएको थियो ।

सोही अवसरमा एशोसिएसन अफ नेपलीज इन अमेरिकाको तर्फबाट खगेन्द्र अधिकारीले एनइसीसी बोर्ड अफ ट्रष्टिजका अध्यक्ष खिलेन्द्र न्यौपानेलाई ‘सोसल हिरो अवार्ड’ प्रदान गरेका थिए ।

कार्यक्रर्यममा संस्थाले प्याट्रोन सदस्यहरूलाई सम्मान गर्दै प्रमाणपत्र प्रदान गरेको थियो । यसगैरी ३९ जनालाई ट्रष्टि सदस्यताको प्रमाणपत्र प्रदान गरेको थियो ।

यसगैरी पाठशालाका ३४ जना, शिक्षकहरू ३४ जना, देउसीभैलो टोलीका १९ जना सदस्यहरू र ४७ जना स्वयसेवकहरूलाई सम्मान प्रदान गरि एको थि यो भने ४४ जना
प्रोमिसरी नोटहोल्डरहरूलाई समेत सम्मान गरेको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *