विमानस्थलबाट पाँच किलोमिटर वरिपरिको क्षेत्रमा ड्रोन नउडाउन आग्रह

डिसी नेपाल
१५ असोज २०७९ ६:०५
48
Shares

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयनको कार्यालयले विमानस्थलबाट वरिपरिको क्षेत्रमा ड्रोन नउडाउन आग्रह गरेको छ । शुक्रवार एउटा सूचना जारी गर्दै  कार्यालयले विमानस्थलबाट पाँच किलोमिटर वरिपरिको क्षेत्रमा ड्रोन नउडाउन आग्रह गरेको हो।

सूचनामा भनिएको छ –‘नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा जारी ड्रोन उडान सम्बन्धि नियम अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलोमिटर वरिपरिको क्षेत्रमा ड्रोन उडाउन नपाइने कानुनी व्यवस्था भएकोमा यदाकदा ड्रोन उडाउने गरेको पाईएकाले यस सम्बन्धमा विमानस्थलको गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘यस्तो कार्यबाट विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको हुँदा यस किसिमको गतिविधि एवं क्रियाकलाप नगर्न नगराउन हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ, सूचनामा भनिएको छ –‘कसैले यस सूचनाको अवज्ञा वा अटेर गरी यस्तो गतिविधि गरे तथा गराएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारवाही हुने व्यहोरासमेत यसै सूचनामार्फत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *